नियम ४५
श्रम सम्बन्ध समितिको सदस्य तथा पदाधिकारी
: (१) श्रम सम्बन्ध समितिको सदस्यमा मनोनयन हुनको निमित्त कम्तीमा अठार वर्ष उमेर पुरा गरेको र चियाबगानमा कम्तिमा एक वर्षको अविच्छिन्न सेवा अवधि पूरा गरेको कामदार तथा कर्मचारी हुनु पर्नेछ ।
(२) श्रम सम्बन्ध समितिका पदाधिकारीहरुमा सभापति, उपसभापति, सचिव, सह–सचिव र कोषाध्यक्ष एक एक जना रहनेछन ।
(३) व्यवस्थापकले श्रम सम्बन्ध समितिका सदस्यहरु मध्येबाट सो समितिको सभापति मनोनयन गर्नेछ ।
(४) श्रम सम्बन्ध समितिको उप–सभापति र सचिवमा सो समितिमा प्रतिनिधित्व गर्ने कामदार प्रतिनिधिहरु मध्येबाट र सो समितिको सह–सचिव र कोषाध्यक्षमा सो समितिमा प्रतिनिधित्व गर्ने व्यवस्थापक प्रतिनिधिहरु मध्यबाट सो समितिले नै छान्नेछ ।
(५) श्रम सम्बन्ध समितिको सदस्य तथा पदाधिकारीहरुको पदावधि दुई वर्षको हुनेछ